सञ्चार उद्यमी पाठकलाई मातृ शोक

0
594

झापा, सञ्चार उद्यमी यज्ञप्रसाद पाठकलाई मातृ शोक परेको छ । जनआन्दोलन साप्ताहिकका प्रकाशक तथा जन आन्दोलन डटकमका संरक्षक समेत रहेका पाठककी आमा रमादेबी पाठकको निधन भएको हो ।
विर्तामोड– निवासी पाठककी ९६ वर्षीया आमा रमादेवीको उपचारका क्रममा बुधवार निधन भएको थियो। उहाँलाई तीनदिन अघि उपचारार्थ विर्तामोडस्थित विर्ता सिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
दिवंगत रमादेवी बुधबारै कनकाई माईमा अन्त्येष्टि गरिएको छ ।
स्व रमादेवीका ६ छोराहरू सूर्यप्रसाद, हेम, गोपाल, यज्ञप्रसाद, टीका र पर्शुराम पाठक, ६ जना बुहारी, सात जना छोरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here