करुणा फाउण्डेसन नेपाल द्वारा अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण

0
486

 

विमल दहाल
काठमाण्डौ,

करुणा फाउण्डेशन नेपालको सहयोगमा प्राप्त अक्सिजन कन्सन्ट्रेटर बुधबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

समाज कल्याण परिषद्को समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री एवम् समाज कल्याण परिषद्का अध्यक्ष माननीय जुली कुमारी महतोद्धारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री हृदयेश त्रिपाठीलाई १ सय १० थान अक्सिजन कन्सन्ट्रटर हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका कन्सन्ट्रेटर १ सय लिटर क्षमताका छन । मन्त्री त्रिपाठी मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरिएको अक्सिजन कन्सन्ट्रेटर बुधबारनै चिनबाट काठमाडौं ल्याईएको हो ।

कोभिड संक्रमित बिरामीहरुलाई उपचार प्रदान गर्ने अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिने करुणा फाउण्डेसन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ६२ थान, प्रदेश नम्बर १ का अस्पतालहरुमा २५ थान, टिकापुर अस्पतालमा ५ थान, सुदुर पश्चिम अस्पताल धनगढीमा ५ थान, महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा ६ थान र जिल्ला अस्पताल, अछाममा ६ थान प्रदान गरिने कार्यकारी निर्देशक सापकोटाले जानकारी दिनुभयो ।

अस्पतालहरुमा अक्सिजन अभाव अन्त्य गर्न सहयोगीहरु मर्फत आपूर्ति गरिएको करुणाले जनाएको छ । संस्थाले अक्सिजन आपूर्तिको लागि संघर्ष गरिरहेका व्यक्तिहरूको जीवनमा हाँसो ल्याउन यो कार्य गरिएकोे जनाएको छ ।

करुणाले अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउन सहयोग गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएको छ । त्यस्तै नेदरल्याण्ड्सका सहयोगी तथा समन्वय कर्ताहरु लाइजबेथ नेगेलकर्क, करुणा नेदरल्याण्ड्स, महामाता फाउन्डेसन, फेमी फाउन्डेशन, नेपाल फाउन्डेशन, बीआईए फाउन्डेसन साथै चिनमा सामाग्री खरिदमा सहयोग गर्ने सहयोगीहरुमा कृतज्ञताको प्रदान गरेको छ ।

काठमान्डौ केन्द्रीय कार्यालय रहि १ नम्बर प्रदेशमा अपाङ्गता रोकथाम तथा पुनरस्थापना कार्यक्रम सन्चालन गर्दै रहेको करुणाले यस अघि ४० थान अक्सिजन कन्सन्ट्रेटर नेपालका ५ अस्पताललाई बितरण गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here