झापाली समाज युएईद्वारा प्रोत्साहन प्याकेज वितरण

0
1010

रामप्रसाद ढुङ्गेल
झापा,
झापाली समाज युएईले कोरोना प्रभावित आफना आजीवन सदस्य तथा सदस्यका परिवारलाई प्रोत्साहन प्याकेज वितरण गरेको छ ।
वैदेशिक रोजगारीको लागि युएईमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज युएईले आफना करिब ४ सय आजीवन सदस्य तथा तिनका परिवारलाई झापा जिल्लाभित्र कोरोना पोजेटिभ भएको जानकारी पाएमा प्रोत्साहन प्याकेजका रूपमा सेनिटाइजर, साबुन, मास्क, डाबर च्यवनप्रास लगायतका सामग्रीहरु घरमै पुगेर हस्तान्तरण गर्ने योजना ल्याएको हो ।
झापाली समाज युएईका अध्यक्ष दूर्योधन कार्की र समाजको नेपाल सम्पर्क समितिका मेचीनगर इञ्चार्ज बलराम अर्यालले जेठ ६ गते मेचीनगर नगरपालिका–५स्थित आजीवन सदस्य नारायण भट्टराईको घरमा कोरोना प्रभावित जाँच जना सदस्यलाई प्रोत्साहन प्याकेज वितरण गरेको छ । प्रोत्साहन प्याकेज पाएर आत्मबल बढेको लाभान्वित परिवारले प्रतिक्रिया दिएको वितरणमा सहभागी अध्यक्ष कार्कीले बताएका छन् ।
निषेधाज्ञाको समयमा स्थानीय जनप्रतिनिधिहरुको समन्वयमा अन्य सदस्यहरु र निजका परिवारहरुलाई पनि प्रोत्साहन प्याकेज वितरण गरिने झापाली समाज युएईका नेपाल सम्पर्क समिति अध्यक्ष दुर्गेश सापकोटाले बताएका छन् । नेपाल सम्पर्क समिति सचिव मणि सुवेदीले आफ्ना सदस्य वा सदस्यका परिवार कोरोनाबाट प्रभावित भएको खण्डमा झापाका १५ वटै पालिकामा रहेका इञ्चार्जहरुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । नेपालमा स्वास्थ संकट आएको प्रतिकुल अवस्थामा झापाली समाज युएईले शुरूवात गरेको यो अनुकरणीय कामको सबैले सिको गर्नुपर्ने अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले प्रतिक्रिया दिएका छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजमा आबद्ध झापाली समाज युएई आफना रचनात्मक कामहरुले अग्रपंक्तिमा रहेको अध्यक्ष सुब्बाले दाबी गरेका छन् । जिल्ला प्रसाशन कार्यालयमा सामाजिक संस्थाको रूपमा दर्ता भएको झापाली समाज युएईको सुरुङ्गामा कार्यालय रहेको छ । आजीवन सदस्य उत्थान कोष र असहाय बालबालिका छात्रवृत्ति कोष गरेर जम्मा २३ लाख रुपैयाँ पजी झापाका बैंकमा मु ुँ द्दती खातामा राखेर झापाली समाज युएईले सहयोगका कामहरुलाई निरन्तरता दिइरहेको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजको समन्वयमा झापाली समाज युएईले झापामा संचालित एक व्याक्ती एक सिलिन्डर अभियानमा कम्तीमा १० वटा अक्सिजन सिलिन्डर बराबरको रकम उपलब्ध गराउन आन्तरिक पहल शुरु गरेको झापाली समाज युएईका सचिव लोकेश कोइरालाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here