भारतमा एकै दिन ३८७४ जनाले ज्यान गुमाए

0
791

झापा, कचनकवलका दुईसहित झापामा आज चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक महिला र तीन पुरुष रहेका छन् ।

कचनकवल १ की ६० वर्षिया राजवंशी समुदायकी महिलाको आज साँझ मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई हिजो संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।त्यस्तै कचनकवल ४ का मुस्लिम समुदायका ४४ वर्षिय पुरुषको आज बिहान घरमै मृत्यु भएको छ । उनलाई हिजो बिएण्डसी हस्पिटलबाट घर ल्याइएको थियो । केही दिन मेची अस्पतालमा राखेर उनलाई बिएण्डसी हस्पिटल रेफर गरिएको थियो । आइसियूमा उपचाररत ती संक्रमितलाई अझै केही दिन राख्न चिकित्सकले सुझाव दिएपनि परिवारले घर ल्याएको बताइएको छ ।

योसँगै कचनकवलका नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ३ पुगेको स्वास्थ्य शाखाका जागेश्वर यादवले बताए । त्यस्तै हल्दिबारी गाउँपालिकामा पहिलो पटक नयाँ भेरियन्टबाट कोरोना संक्रमितको मृत्यु भएको छ । हल्दिबारी ४ का ७१ वर्षिय बृद्धको आज दिउँसो १।४५ बजे उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मृत्यु भएको हो । उनलाई हिजो गरिएको एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएलगत्तै अस्पताल भर्ना गरिएको स्वास्थ्य शाखाका पुष्कर निरौलाले बताए । त्यस्तै दमक ३ का ६६ वर्षिय बृद्धको होम आइसोलेसनमा आज बिहान मृत्यु भएको छ । गत बैशाख ३१ गते कोटिहोम ल्याबमा परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । योसँगै दमकमा नयाा भेरियन्टबाट ६ महिला र ६ पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।

त्यस्तै हेलिकप्टर एयर वेड सिफ्ट गरी बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका लागि आएकी दाङ जिल्लाकी एक महिला संक्रमितको मृत्यु भएको छ ।उपचारका क्रममा दाङकी ३२ वर्षिया सुशिला योगीको उपचारका क्रममा गएराति १०।५० बजे मृत्यु भएको हो । यसअघि हिजो बिएण्डसी हस्पिटलमा धरान उपमहानगरपालिका ८ की राई थरकी ५६ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको थियोे ।

भारतमा कोभिड–१९ बाट एकैदिनमा ३८७४ जनाको मृत्यु

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार त्यहाँ २ लाख ७६ हजार ११० जना थप सङ्क्रमित थपिएका छन । गत सोमबार कोरोना सङ्क्रमितको यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको थियो । अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा सङ्क्रमण देखिने गरेको थियो । यद्यपी सोमबारको भन्दा मंगलबार र बुधबार सङ्क्रमितको संख्या बढेको पाइएको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ८७ हजार १२२ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ७० लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन । भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here