एमाले भित्रको विवाद पेरि चुलियो

0
954

दिनेश न्योपाने
झापा, राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापाले हारेसँगै नेकपा एमालेभित्रको विवाद बल्झिने देखिएको छ। जसले पार्टीभित्रको विवाद थप उत्कर्षमा पुग्ने सम्भावना छ।

विवाद समाधानका लागि गठित कार्यदलले पनि लचिलो भएर काम गरेको देखिएन। थापाको हारले एकतामा ठेस पुग्ने निश्चितप्रायः छ।

विकसित घटनाक्रमपछि प्रधानमन्त्री ओलीले पनि संसदबाट विश्वासको मत नलिने बरु संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरिसकेका छन्। अब नेपाल पक्षसँग मिलेर जान नसक्ने परिस्थितिमा फेरि विश्वासको मत नतिजा पराजयबाहेक अरु नहुने प्रधानमन्त्रीको ठम्याइ भएर देखापरेको छ। ओली ७६ ९५० मा जाने मनस्थितिमा पुगेका देखिन्छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ ९५० को प्रावधान अनुसार सरकार गठन प्रक्रियामा बढ्ने निर्णय गरेको हो। यसअघि संसदमा विश्वासको मत नपाएपछि वैशाख ३० गते केपी ओली संविधानको धारा ७६ ९३० अनुसार प्रधानमन्त्री भएका थिए।

नेपाल समूहविरुद्ध ओलीपक्षीय नेताको आक्रोश

​पार्टी एकता प्रयास भइरहेका बेला बागमतीको निर्वाचनले फरक मोड लिएपछि नेपाल समूहविरुद्ध ओली पक्षका नेताहरूले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। उपनिर्वाचनमा घात गरेको भन्दै ओली पक्षका नेताहरूले समाजिक सञ्जालमा नेपाल समूहविरुद्ध आगो नै ओकलेका छन्।

नेता गोकुल बाँस्कोटाले गृहमन्त्रीसमेत रहेका थापाविरुद्ध मतदान गर्ने नेपाल समूहका मतदातालाई ुदूध खुवाएर पालेका साँपले डसेकोु टिप्पणी गरेका छन्। उनले विपक्षीसँग कुनै गुनासो नभएको र समयको अन्त्य हैन, नयाँ सुरुआत मात्र भएको टिप्पणी गरेका छन्।

यस्तै नेतृ शान्ता चौधरीले पनि वरिष्ठ नेता माधवकुमार नेपालमाथि आक्रोश पोखेकी छन्। एमाले सचेतकसमेत रहेकी उनले सूर्य चिह्नले पराजय भोगिरहँदा कमलको जितमा रमाइरहेको भन्दै नेता नेपालमाथि कटाक्ष गरिन्। त्यस्तै नेतृ तथा सांसद नवीना लामाले पनि आज साँझ फेसबुकमा यो अन्तर्घात भएको र बादललाई हराउनेलाई कारबाही गर्न माग गरेकी छन्।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले सचिव शंकरले पोखरेलले बादल अवसरका लागि नभई वाम आन्दोलनलाई बलियो बनाउन संकल्प बोकेर एमालेमा जोडिएका भन्ने अब सबैले बुझ्ने भन्दै उनको हारमा चित्त बुझाएका छन्। उनले लेखेका छन् ( कमरेड वादल अवसरका लागि होइन,वाम आन्दोलनलाई बलियो बनाउने संकल्प बोकेर एमालेमा जोडिनु भएको हो भन्नेकुरा अब सबैले वुझ्न पाउनेछन्।ु

थापाविरुद्ध मतदानमा एमालेको भर्त्सना

एमालेको आज बसेको स्थायी कमिटी बैठकले नेपाल समूहले आधिकारिक उम्मेदवार थापालाई मत नदिएपछि भर्त्सना गर्दै यो गम्भीर भएको जनाएको छ।

बैठकले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीका उमेदवारलाई मत नहालेको विषयलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको हो। पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्दै कतिपय नेताहरूले जुन ढंगको क्रियाकलाप गर्नुभयो, त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिँदै पार्टीका आधिकारिक उमेदवारको विरोध गर्ने, विपक्षमा मतदान गर्ने कुराको भर्त्सना गरको छ।ु

बादललाई मत नहाल्ने कदमले पार्टी एकतालाई नै असर पुर्‍याउँछ कि भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले त्यो धेरै गम्भीर कुरा हुने बताए। ‘किनभने, त्यसभन्दा अघि गरिएका कुराहरूलाई त, विवाद शुरु भइसकेको थिएन। कार्यदल बनिसकेको थिएन भनेर एक ढंगले हेर्न सकिएला। जेठ २ लाई ‘कट अफ डेट’ मानौं। जेठ २ मा कार्यदल बनिसकेपछि त्यसभन्दा अगाडि र पछाडिका कुरालाई एउटै आँखाबाट हेर्न मिल्दैन। एउटै स्टान्डर्डबाट हेर्न मिल्दैन। यो विषयलाई हामीले असाध्यै गम्भीरतापूर्वक लिएका छौं’, उनले भने।

संसद् विघटनपछिको कदमकै एक उत्पादनः नेपाल समूह

नेपाल समूहले भने बाग्मतीको परिदृष्य संसद विघटनपछिको कदमकै एक उत्पादन भएको टिप्पणी गरेको छ। नेता रघुजी पन्तले थाहाखबरसँग कुरा गर्दै भने, ुयो उपनिर्वाचन नेकपा एमालेमा देखा परेको असामान्य परिस्थितिबाट उत्पन्न भएको एउटा ुबाईप्रोडक्टु हो। त्यो घटना अब भविष्यमा नहोस् भन्ने प्रयत्न हामी सबैले गर्नुपर्छ। यस्तो परिस्थिति देखा पर्नु आफैंमा राम्रो होइन, उनले भने यसतर्फ सचेत भएर पार्टीलाई एकताबद्ध कसरी बनाउन सकिन्छ भन्ने कुरामा हामीले भूमिका खेल्नुपर्छ।

यस्तै नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अहंकार उस्तै रहेको र अन्यायविरुद्ध विद्रोह निश्चित रहेको उल्लेख गरेकी छन्। उनले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको उल्लेख गरेकी छन्।

‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रियसभामा कसलाई भोट हाल्नेरु यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो। तर अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं। पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ। अन्यायविरुद्ध विद्रोह निश्चित छ। डा।देवकोटालाई बधाई।’ उनले समाजिक सञ्जालमा लेखेकी छन्।

पार्टी एकतामा कार्यदलको जोड

केही दिनअघि पार्टी एकता जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल गठन गर्ने सहमति भएको थियो। तर कार्यदलले पनि पार्टी एकताका लागि प्रभावकारी कदम चाल्न सकेको छैन।

३ दिनको समय पाएको कार्यदलको यसबीचमा एक पटक मात्रै बैठक बस्यो भने २ पटक स्थगित भयो। गठित कार्यदलको बैठक भोलि बस्दै छ। नेताहरूले अब कार्यदल नै भंग गर्नुपर्ने भन्ने आशयका अभिव्यक्ति दिइरहेका छन्।

तर कार्यदलले भने एकतामै जोड दिने बताएको छ। नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले कार्यदलको कार्यदेशअनुरुप नै अगाडि जाने बताए। जुन कार्यदेश छ हामीले पार्टीलाई २०७५ जेठ २ गते भन्दा अगाडी एकताबद्ध लैजाने गरी सैद्धान्तिक सहमति गरेका हौँ। सोहीअनुसार जान्छ,ु उनले थाहाखबरसँग भने।थाहा खवरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here