झापा।

झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कमल गाउँपालिका–३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका–१ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो ।
ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।































