नदी उत्खननका विषयमा नगरपालिकाको धारणा सार्वजनिक गल्ती गर्नेलाई कारवाही हुन्छ

0
657

मेचीनगर, मेचीनगर नगरपालिकाले मेची र निन्दा नदीमा ढुङ्गा–बालुवा उत्खनन्बाट संकलन गरेको राजस्वमा अनियमितता भएको भन्ने विषयका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिका परिसरमा पत्रकार सम्मेलन गरेर नगरपालिकाकातर्फबाट नगर प्रमुख विमल आचार्यले धारणा सार्वजनिक गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा त्यस विषयमा छानबीन गरी सत्यतथ्य कुरा लाई सार्वजनिक गर्न र नदीजन्य सामग्री उत्खननको राजश्व संकलनका बिषयमा यथार्थ बुझ्न २०७७ चैत २० गते नगरपालिकाले नगरप्रमुखकै संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको र उक्त समितिको काम अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले बताउनुभयो ।

समितिमा उपप्रमुख मीना पोखरेल उप्रेती सहसंयोजक तथा वडा नम्बर ११ का अध्यक्ष सन्तोस मेचे, वडा नम्बर १४ का अध्यक्ष शंकर पोखरेल र वडा नम्बर १५ का अध्यक्ष गुणराज भट्टराई सदस्य हुनुहुन्छ । ५ सदस्यीय छानविन समितिले मुल समितिलाई काम गर्न सहज होस भन्ने उद्घेश्यले छानबिन समिति अन्तर्गतको उपसमिति समेत गठन गरिएको उहाँको भनाई थियो ।

वडा नम्बर ११ का वडाअध्यक्ष सन्तोस मेचेको अध्यक्षतामा गठित उपसमितिले एक दुई दिन भित्रमा प्रतिवेदन बुझाउने र त्यसको अध्ययनबाट छानबिन समितिले अन्तिम प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने नगरप्रमुख आचार्यले स्पष्ट पार्नुभयो । नदीजन्य सामग्री उत्खनन र त्यसबाट संकलन राजश्वका सन्दर्भमा सिङ्गो नगरपालिका कार्यालय नै छानबिनको दायरामा रहेको र कार्यपालिका बैठकले छानबिन समिति बनाएर प्रक्रिया अगाडी बढाएको समितिको काम अन्तिम चरणमा पुगेको छ उहाँको भनाई छ । छानविन प्रक्रिया अन्तिम चरणमा पुगेको नदीजन्य सामग्री उत्खननसंग जोडिएका सबै बिषय, समिति, उपसमिति र कार्यालयका विभिन्न शाखाको काम कारबाही समेत छानविनको दायरामा रहेको नगरप्रमुख आचार्यको भनाई छ ।

नगरस्तरीय छानविन समितिले पुर्ण छानविन गर्दा नटुङ्गिने अवस्था आए माथिल्लो निकायलाई समेत छानविनका लागि आग्रह गर्ने नगरप्रमुख आचार्यले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक बर्ष २०७७÷२०७८ मा मुल्य अभिवृद्घि कर भ्याटसहित हडिया खोला ६५ लाख ५४ हजारमा र टिमाइ खोला ९७ लाख २० हजार ४ सय रुपैयाँमा ठेक्का लगाएको छ । निन्दा खोला र मेची खोला ठेक्का नलागेकाले नगरपालिकाको २०७७ असोज २१ गतेको कार्यपालिकाको निर्णयबाट कार्यपालिका सदस्यहरु कृष्ण कनाल, टीकाराम सार्की र वडा नम्बर १० का वडा अध्यक्ष सुवेशकुमार पनेरुलाई नगदी रसीद बुझाई राजश्व संकलन गर्ने काममा खटाइएको दिएको थियो ।

कार्यपालिका सदस्य र वडा अध्यक्षले बुझेको रसिद नै हराएको र काटिएको रसीदको रकम समेत राजश्व दाखिला नभएको अवस्थामाले नगरको राजश्व शाखा प्रमुख खेमराज प्रसाइले २०७७ चैत ३ गते कनाल, सार्की र पनेरुलाई रसीद र राजश्व रकम दाखिला गर्न पत्र काटेको थियो । पत्र पछि पनि हराएको रसीद र काटिएको रसीदको राजश्व दाखिला नभएको नगरपालिकास्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here