मेची अस्पतालमा रि–एजेन्ट किट अभाव: पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द

0
1041

झापा, मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अस्पतालमा पीसीआर किट ९रि–एजेन्ट० को अभाव भएसँगै ९आज० शनिवारदेखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै बढेको थियो ।

दैनिक दुई सय जना बढीले कोरोना संक्रमण भए वा नभएको भन्दै पीसीआर परीक्षण गराउन अस्पताल आउने गरेको सूचना अधिकारी पोखरेलले बताए । ‘पीसीआर परीक्षण गराउने आउनको सङ्ख्या बढ्नु तर, त्यस अनुसारको अस्पताललाई पीसीआर किट ९रि–एजेन्ट० उपलब्ध नहुँदा सेवा बन्द गर्नु परेको हो,’ उनले भने ।

अघिल्लो वर्ष स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पीसीआर मेसिन एक नम्बर प्रदेश सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेका थिए । मेचीको पीसीआर मेसिन अत्याधुनिक खालको भएको र यसले एक पटकमा ९० वटा स्वाबको परीक्षण गर्न सक्छ । ‘त्यसैले यस मेसिनलाई चाहिने रि–एजेन्ट किट बजारमा किन्न पाइँदैन, सूचना अधिकारी पोखरेलले भने, ‘यो किट सरकारले नै मगाउने हो, प्रदेश १ सामाजिक विकास मन्त्रालयसँग पनि किट छैन ।’

मन्त्रालयले सात दिनअघि पाँच सय किट उपलब्ध गराएको बताउँदै उनले भने, ‘त्यो किट तीन दिनमै सक्यो, अव किट आएपछि मात्र परीक्षण सुरु हुन्छ ।’

मेचीमा पीसीआर परीक्षण बन्द भएपछि बिरामीलाई समस्या उत्पन्न भएको छ । झापासहित ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा सङ्कलित स्वाब ल्याएर मेचीमै पीसीआर परीक्षण गरिन्थ्यो । अब जिल्लाको कनकाई नगरपालिकास्थित कोटिहोमको पीसीआर ल्याबमा मात्र पीसीआर परीक्षण गरिदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here