
बिर्तामोड ।
कोभिड १९ को दोस्रो लहरले सबै क्षेत्र चपेटामा परेको अवस्थामा कोभिड नियन्त्रण र रोकथाममा आफ्नोतर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएको विर्तामोड राउण्ड टेवल शाखा २७ ले मास्क वितरण कार्यलाई निरन्तरता दिएको छ ।
ओटी हरिश मित्तलको सक्रियतामा राउण्ड टेवल भारतको सहयोगमा प्रति गोटा सरदर १ सय रुपैया पर्ने गुणस्तरिय मास्क ५ हजार थान प्राप्त गरेरे राउण्ड टेवलले कोभिड महामारीमा अग्रभागमा रहेर काम गर्ने संस्था तथा निकायहरुलाई मास्क वितरण गर्दै आएको छ ।
यसै क्रममा कोभिड १९ )कोरोना) को नयाँ भेरियन्टको जोखिम कम गर्न विर्तामोड राउण्ड टेवल शाखा २७ ले ६ वटा संस्थाहरुलार्ई मास्क वितरण गरेको छ ।
राउण्ड टेवलले नेपालपत्रकार महासंघ झापालाई ३ सय थान, नेपाल फोटो पत्रकार महासंघ झापालाई ५० थान, इलाका प्रहरी कार्यालय बिर्तामोडलाई ३ सय थान, जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १ सय थान , त्यसैगरी इआरसी झापालाई ३० थान, रेडक्रस उपशाखा बिर्तामोडलाई ५० थान मास्क प्रदान गरेको राउण्ड टेवलका शरद जोशीले जानकारी दिए ।
राउण्ड टेवलले यसअघि इलाका प्रहरी कार्यलय काँकडभिट्टा, प्रेसक्लव मेचीनगर लगायतका संस्थाहरुमा मास्क विरतण गरि सकेको छ ।
































