विर्तामोड , एकका लागि एक अभियानले स्थापना गर्ने अक्सिजन बैकका लागि आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रले ६० साठी हजार रूपैयाँ हस्तान्तरण गरेको छ ।
केन्द्रले ४ वटा सिलिन्डरको प्रति सिलिन्डर १५ हजार रूपैयाँका दरले ६० साठी हजार रूपैयाँ हस्तान्तरण गरेको हो ।
केन्द्रका अध्यक्ष पदम प्रसाईसहित उपाध्यक्ष गोपाल दाहाल, सहसचिव तुलसीप्रसाद मैनाली, कोषाध्यक्ष एलिजा सिटौला, सदस्य तुलसी खनालसहितको टोलीले केन्द्रको आफ्नैे भवनमा अभियानका सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई, गजेन्द्र पौडेल, याम कार्कीसहितको अभियानको टोलीलाई उत्त रकम हस्तान्तरण गरेको थियो ।
सोही अवसरमा दिवंगत आमा मधुमाया प्रसाईको नाममा अध्यक्ष पदम प्रसाईं र उहाँकी धर्मपत्नी इन्दिरा विमली प्रसाईले एउटा सिलिन्डरको रकम हस्तान्तरण गर्नु भएको छ ।































