५० थान एन्टिजन टेष्ट किट बुद्धशान्ति गाउँपालिकालाई हस्तान्तरण

0
751

झापा, कोरोना परीक्षण रिपोट पर्खाइकै कारण कुनैपनि विरामी उपचार सेवाबाट बन्चित हुन नपरोस् भनेर आज बुधबारे जेसीज र जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिले संयुक्त रुपमा ५० थान एन्टिजन टेष्ट किट बुद्धशान्ति गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

पिसिआर परीक्षणको चाप बढेपछि त्यसको रिर्पोट आउन दुईदेखि तीनदिन पर्खनु पर्ने अवस्था देखिन थालेपछि बुधबारे जेसीज र जोइन्ट हेन्डले गम्भिर स्वास्थ्य समस्या देखापरेपनि विरामीले कोरोनाको रिपोर्ट पर्खनु नपरोस् तत्काल उपचार सुरु होस् भन्ने उदेश्यले एन्टिजन टेस्ट किट प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जनाएका छन् ।

एन्टिजन टेस्ट किटबाट कोरोना परीक्षण गर्दा तत्काल रिर्पोट प्राप्त गर्न सकिन्छ । बुद्धशान्ति गाउँपालिकामा जोइन्ट हेन्डको तर्फबाट संस्थाका अध्यक्ष सञ्जील प्रसाई, बुधबारे जेसीजको तर्फबाट महासचिव सुजित बरालले एन्टिजन टेष्ट किट गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र उपाध्यक्ष मीरा भूर्तेललाई हस्तान्तरण गर्नुभएको एन्टिजन टेष्ट किट खरिद तथा हस्तान्तरण कार्यक्रमका संयोजक विष्णु लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाई, बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारी, बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, निर्वचमान अध्यक्ष नन्दकुमार याफू राई, बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारी, जोइन्ट हेन्ड युथ सोसाइटीका सचिव गोकुल पौड्याल लगायत दुवै संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

एन्टिजन टेष्ट किट ग्रहण गर्दै गाउँपालिकाको तर्फबाट अध्यक्ष भुजेलले दुबै संस्थालाई धन्यवाद दिनुभयो । मानविय संकटको बेला गरिएको कामको गाउँपालिकाले उच्च मुल्याङ्कन गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here