झापा।

झापाको अर्जुनधारा नगरपालिका–११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बू र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































