झापा, रोटरी छिमेकी, मित्र, नेता, र समस्या समाधान गर्नेहरूको विश्वव्यापी नेटवर्क हो । जसले एक संसारलाई देख्छ, जहाँ मानिसहरू एकजुट हुन्छन् र स्थायी परिवर्तनको लागि कार्य गर्दछन् । अतिआवश्यक समस्याहरूको समाधान, वास्तविक प्रतिबद्धता र दर्शन रोटरीको मूल मन्त्र हो ।
अन्तराष्ट्रमा रोटरी एक व्यक्तिको दर्शनबाट शुरू भयो । पल ह्यारिस शिकागो वकिलले रोटरी क्लब अफ शिकागोको गठन गरे । त्यसैले विभिन्न पृष्ठभूमि भएका पेशेवरहरूले विचारहरू आदानप्रदान गर्न सक्दछन् र अर्थपूर्ण, आजीवन मित्रता बनाउन सक्दछन् । समयको साथ, रोटरीको पहुँच र दृष्टि बिस्तारै मानवीय सेवामा विस्तार भयो। सदस्यहरूसँग उनीहरूको समुदायहरू र विश्वभरी चुनौतिहरू सम्बोधन गर्ने लामो ट्याक रेकर्ड छ । विगत १ सय १० बर्ष पहिले स्थापना भएको रोटरीमा कार्य गर्ने व्यक्तिहरूले उनीहरूको जोस, ऊर्जा, र बुद्धिमत्तालाई दिगो परियोजनाहरूमा कार्य गर्न प्रयोग गर्दै आएका छन् । साक्षरता र शान्तिदेखि पानी र स्वास्थ्य, रोटरीको प्राथमिकतामा पर्ने काम हुन् । विश्वलाई राम्रो बनाउनको लागि रोटरियनहरु सँधै क्रियाशिल रहने गर्दछन् ।
त्यस्तै झापाको कनकाई नगरपालिका सुरङ्गामा रहेको रोटरी क्लव अफ सुरङ्गाले समाजमा विभिन्न सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, दैवीप्रकोप र महामारीको वेला गरेको कामले स्थानीयस्तर र जिल्लामा राम्रो प्रशंसा पाउन सफल बन्दै गएको छ । रोटरी क्लव अफ सुरङ्गाले गतबर्ष कोभिडको महामारीमा एकका लागि एक अभियानसंगै जोडिएर अभियन्ता संस्थाको रुपमा काम गरेको थियो । यस बर्ष पनि एक व्यक्ति एक अक्सिजन सिलिन्डर सहयोग अभियनमा आफ्नो तर्फबाट योगदान गरेको छ । क्लवले आफ्नो पहल र सदस्यहरुबाट गरी १५ हजारका दरले २१ थान सिलिन्डर अभियानलाई उपलब्ध गराइसकेको छ ।
अक्सिजन बैंकका लागि कुमारमणि पोखरेल, लुवराज उप्रेती, डिल्लीराम मैनाली, ख्याम र तेज ओली, सुशील श्रेष्ठ, हेमेन्द्र निरौला, बलराम लुइँटेल, जानुका बिमली, शिव र घनश्याम कँडेल, मिलान खरेल, गणेश दाहाल, राजेन्द्र जोशी, कमल खरेल, रमेश भेटुवाल, लक्ष्मी भेटुवाल बाट १–१ थान, खेम प्रसाई र परिवारबाट ३ थान र जनकल्याण माध्यमिक विद्यालय झापाका पूर्व बिद्यार्थी समूहबाट ३ थान, टीका प्रसाई, चन्द्रप्रसाद उप्रेती, मेनुका उप्रेतीद्वारा संयुक्त रुपमा १ थान, टेकनारायण राजवंशीबाट ५ हजार गरेर ३ लाख २० हजार रुपैयाँ अक्सिजन सिलिन्डर वापत रकम प्रदान गरिएको रोटरी क्लवका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए ।































