कोभिडको महामारीमा बिर्तामोड राउण्ड टेवल स्वास्थ्य सामग्री बितरण गर्दै

0
941

 

झापा, कोभिड १९ को दोस्रो लहरले सबै क्षेत्र चपेटामा परेको अवस्थामा कोभिड नियन्त्रण र रोकथाममा आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्दै आएको बिर्तामोड राउण्ड टेवल शाखा २७ ले मास्क वितरण कार्यलाई निरन्तरता दिएको छ ।
हरिश मित्तलको सक्रियतामा राउण्ड टेवल भारतको सहयोगमा गुणस्तरिय मास्क ५ हजार थान प्राप्त गरेरे राउण्ड टेवलले कोभिड महामारीमा अग्रभागमा रहेर काम गर्ने संस्था तथा निकायहरुलाई मास्क वितरण गर्दै आएको छ । यसै क्रममा कोभिड १९ कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न विर्तामोड राउण्ड टेवल शाखा २७ ले ६ वटा संस्थाहरुलार्ई मास्क वितरण गरेको छ ।

राउण्ड टेवलले नेपालपत्रकार महासंघलाई ३ सय थान, नेपाल फोटो पत्रकार महासंघ झापालाई ५० थान, इलाका प्रहरी कार्यालय बिर्तामोडलाई ३ सय थान, जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १ सय थान त्यसैगरी इआरसी झापालाई ३० थान, रेडक्रस उपशाखा बिर्तामोडलाई ५० थान मास्क वितरण गरेको राउण्ड टेवलका शरद जोशीले जानकारी दिए ।
राउण्ड टेवलले मंगलबार इलाका प्रहरी कार्यलय काँकडभिट्टा, प्रेसक्लव मेचीनगर लगायतका संस्थाहरुमा मास्क विरतण गरिसकेको छ ।

राउण्ड टेवलले मंगलबार इलाका प्रहरी कार्यलय काँकडभिट्टा, प्रेसक्लव मेचीनगर लगायतका संस्थाहरुमा मास्क विरतण गरिसकेको छ ।

यसै क्रम मा आज जिल्ला प्रशासन कार्यालय मा १५० थान , जिल्ला कारागार मा ३०० थान , एस पी कर्यलाये मा २५० थान , शास्त्र प्रहरी बल भद्रपुर मा ५० थान मस्क उपलब्ध गरिएको छ ।
सो समारोहमा   अध्यक्ष जितेश शर्मा , कोषाध्यक्ष निरज चौधरी , सदस्य दीपक मित्तल , सदस्य रमण अग्रवाल सहभागीता रहेको थियो । आगामी दिनहरुमा झापा जिल्ला बहरी क सम्पूर्ण निकाए हरु मा उक्त मास्क वितरण गरिने लक्ष्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here