एम्बुलेन्सबाट एक सय केजी गाँजा सहित २ जना पक्राउ

0
720

सुनसरी।

सुनसरीको धरान उपमहानगरपालिका–२ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट एक सयकेजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५–२५ केजीको ४ वटा झोलामा जम्मा एक सय केजी लागूऔषध गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बू र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here