झापामा कारागारमा एक भारतीय कैदी बन्दीको मृत्यु

0
759

झापा, झापा कारागारमा जेल जीवन बिताइरहेका एक भारतीय कैदी बन्दीको बुधवार मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल उत्तर दिनाजपुर घर भएका ५८ वर्षीय मोहम्मद हसिवुल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार २०७३ साल मङ्सिर ६ गते जबरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका हसिबुल दिर्घरोगका बिरामी थिए । पेट र जिउ सुनिने रोगका कारण उनलाई मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गरिएको र उनको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको डिएसपी थापाले बताए । उनको शवलाई भारत पठाउने तयारी भइरहेको छ । उनको शवलाई भद्रपुर नाकाबाट पठाउन नमिल्ने भएपछि काँकडभिट्टा नाकाबाट पठाउन भारतीय सुरक्षाकर्मीसँग सहकार्य भइरहेको प्रहरीले जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here