मोआवादी केन्द्र बिर्तामोड ४ द्वारा राहत बितरण

0
955

झापा, बिर्तामोडमा रहेका विपन्न परिवारका लागि मोआवादी केन्द्रले राहत बितरण गरेको छ ।
बिर्तामोड ४ मा रहेको माओवादी केन्द्रले विपन्न परिवारका लागि राहत बितरण गरेको हो । १६ परिवारका ७५ जनालाई १५ केजी चामल एक केजी दालसहितको साहत सामग्री बितरण गरिएको माओवादी केन्द्र बिर्तामोड ४ का अध्यक्ष गोपी अधिकारीले जानकारी दिए । राहत वितरण कार्यक्रममा माओवादीका जिल्ला नेता अरुण, वासु दुलाल सहित वडा नम्वर ४ का पदाधिकारीको सहभागीता रहेको थियो ।

राहत वितरणका लागि सुरेन्द्र ओली र झुमा ओलीले ५ हजार ५ सय ५५, जेवी जवेगू ५ हजार, तारा दुलाल ५ हजार, भूमिराज अधिकारी ५ हजार, केपी अधिकारी एक हजार, पुष्पराज विमली एक हजार, युवराज प्रसाई एक हजार र इन्दू खवासले एक हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here