पाँचथरका पत्रकार भण्डारीको निधन

0
745

पाँचथर,

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको शनिबार निधन भएको छ ।

हिलिहाङ्ग गाउँपालिका -५ सुभाङ घर भइ हाल फिदिम नगरपलिकामा बस्दै आएका नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष समेत रहेका उनको वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटरमा राखी उपचाररत उनको शनिबार साँझ उपचारकै क्रममा निधन भएको हो । मृतक भण्डारीको शव गएराति पाँचथर ल्याइ तमोर नदिको घाटमा अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमणका कारण ५२ वर्षको उमेरमा निधन भएका भण्डारीका श्रीमती,दुई छोरी र एक छोरा छन् ।

यसै क्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले शोक विज्ञप्ति जारी गरेको छ । डेढ दशकदेखि विभिन्न पत्रपत्रिकामा स्वतन्त्र पत्रकारिता गर्दै आउनु भएका भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको भन्दै जुझारु र सक्रिय पत्रकारको निधनले सिङ्गो संचार जगत स्तब्ध र दुखित भएको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here