पाँचथरमा एम्बुलेन्स दुर्घटना,एकको मृत्यु, दुई घाइते

0
589

पाँचथर,

मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका ३ सुम्निामा चोकमा गएराती एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा याङवरक गाँउपालिका २ की ५० वर्षिय ममता राई रहेकी छिन् । दुर्घटनामा घाईते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको पाँचथर प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

झापाबाट ताप्लेजुङ जाँदै गरेको प्र १-०१-००१ च ७७०६ नम्बरको एम्बुलेन्समा रहेका याङवरक २ का १९ वर्षिय हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाँउपालिका ३ का ५५ वर्षिय डोर कुमार राई घाइते भएका छन् ।

घाइते दुइजनाको पाँचथर अस्पतालमा उपचार भईरहेको छ भने एम्बुलेन्स चालक हिलिहाङ गाँउपालिका २ सिंगापुरका २८ वर्षिय बिरेन्द्र धिताललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here