ट्रकको ठक्करबाट बृद्धको ज्यान गयो

0
610

बिमल दहाल, ईलाम ।

इलामको सोयाकमा ट्रकको ठक्कर बाट स्थानीय एक वृद्धको ज्यान गएको छ ।

बिर्तामोड वाट मंगलबारे तर्फ खाध्यान्न बोकेर गएको ना २ ख ९२०५ नम्बरको ट्रकले मंगलबार विहान ८:३० बजे ईलाम नगरपालिका-११ सोयाक कार्तिकेका ८६ बर्षिय पदम बहादुर तामाङलाई ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गएको हो । ट्रक र ट्रकचालक लाई प्रहरीले नियन्त्रणमा लिईसकेको जनाईएको छ।

यसैविच पैदलयात्री तामाङलाई ट्रक चालकको लापरबाहीका कारण ज्यान गएको भन्दै मृतक आफन्त र परिवारका सदस्यले क्षतिपुर्ति नदिए सम्म सडकबाट लास उठाउने नदिने वताएको मृतकका नाति कमल तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here