लागूऔषध सहित एक जना पक्राउ

0
652

सुनसरी।

सुनसरीको कोशी गाँऊपालिका–३ नहर चोकबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहारका २८ बर्षीय मजरुल हक रहेका छन् ।

सोमबार बेलुका लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि ५०२ थान, नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here