युवा उद्योगी दीपेश ढकाललाई पितृ शोक

१९ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

झापा ।

केही दशक अघिदेखि झापाको सदरमुकाम भद्रपुरबाट सेवा सञ्चालन गरेर सर्वाधिक चर्चा बटुलेको डाँफे यातायात सेवाको सञ्चालकमध्येका एक पुराना उद्योगी प्रेमप्रसाद ढकालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित ढकालको भद्रपुर नगरपालिका ६ भानुनगरस्थित आफ्नै निवासमा गए राति १२ः३० बजे निधन भएको हो ।

पूर्वी पहाडी जिल्ला भोजपुरको याकुमा जन्म भई जीवनयापनका लागि झापा आएपछि ०३०–०४० को दशकमा केही नातेदार र साथीहरूका साथमा उद्योग क्षेत्रमा पदार्पण गरेका ढकालले त्यही बेलादेखि यातायात क्षेत्रका साथै चिया, काठ उद्योगमा पनि लगानी गरेका थिए ।

झापा हल्दिबारीको डाँफे चिया उद्योगसँगै भारतको पानीटंकीमा बृहत् समिल सञ्चालन गरेको ती उद्योगमा आफूहरूले पनि सह लगानी गरेको भद्रपुरका अग्रज उद्योगी एवम् झापा उद्योग सङ्घका कार्यकारिणी सदस्य चण्डीप्रसाद पराजुलीले जानकारी दिए । झापाका सफल युवा उद्योगी एवम् समाजसेवी दीपेश ढकालका पिता प्रेमप्रसाद ढकाल रेडक्रस, परिवार नियोजन सङ्घजस्ता सामाजिक संस्थामा आबद्ध रही सामाजिक सेवा कार्यमा पनि सक्रिय थिए ।

स्व. ढकालका श्रीमती रुपादेवी, छोराहरू दीपक र दीपेश, छोरीहरू यशोदा, हरिकला, शशिकला र चन्द्रकला रहेका छन् । जेठा छोरा दीपक लामो समयदेखि बेलायतमा बस्दै आएका छन् ।

स्व. ढकालको बुधवार बिहान भद्रपुर ७ स्थित देउनियाँ घाटमा वैदिक विधि अनुसार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा सार्क चेम्बर आफ कमर्स एन्ड इण्डष्ट्रीका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालसमेतको उपस्थिति थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here