गजबको मृत्युको क्षण चलिरहेको छ

१९ जेष्ठ २०७८, बुधबार मा प्रकाशित
  • 630
  •  
  •  
  •  
  •  
  •  
    630
    Shares

समय कहिले फूल बन्न सकेन
सुगन्ध छर्ने पलभरमा बिलिन हुने
समय कहिले काँडा पनि त बन्न सकेन
बिझाउने अनि मौकामा
खिल बनेर रहिरहने ।
आजभोलि यो जिन्दगीको
हिसाब अनौठो छ …
यो आयुको रफ्तार गजबको छ …
उमेर ,बैँस ,रहर ,आफन्त केही भन्न पाएकाे छैन मान्छेले
हिजो दुश्मनझैं लाग्ने मनहरु आज खै कसरी प्रिय बनिरहेकाछन् ।
बाँचुन्जेल बैगुन देख्ने यी अँाखाहरु आज गुनहरु मात्र देख्ने भएकाछन् ।
पृथ्वीलोकमा
गजबको मृत्युको क्षण चलिरहेको छ
अनि ,
यी काला दिनहरुले मान्छेलाई
मान्छेसँगनै अलग बनाईरहेको छ ।…
तिम्रो मान भन्दा ठूलो चिज यही
धर्तीमा छ
अनि जुन तागत अभिमान छ नि
यो संसार मेरो हो भन्ने तिमीसँग
हेर त यो समयलाई यहाँ त सबैको
हात रित्तै छ ।
हेर त यो समयलाई यहाँ त सबैको
जिन्दगी रित्तो भएकाे छ।

अमृता खरेल ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here