दमकबाट नक्कली नोट र ब्राउन सुगरसहित एक जना पक्राउ

0
749

झापा ।

प्रहरीले झापाको दमकबाट ब्राउन सुगर र नेपली नक्कली नोटसहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राती ११ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ४७.५३० ग्राम ब्राउन सुगर र एउटै नोट नम्बरका नेपाली एक हजारका ८ वटा नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here