झापा।

झापाको बिर्तामोड नगरपालिका–९ धौलापुरबाट लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालकलाई एक ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।































