मोरङ।

मोटरसाईकल चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका–२ का ४० बर्षीय सुवासचन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेता रहेका छन् ।
जेष्ठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका–४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश–१–०५–००१ प ००६१ नम्बरको एनएस–२०० सीसीको मोटरसाईकल चोरी भए लगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले चोरी भएको मोटरसाईकल सहित २० गते बिहिवार राती १० बजे पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताइएको छ ।































