
नेपालको जमिन ,खनिज,प्राकृतिक सम्पदा,बन जंगल , जडिबुटी र जनशक्ति, राष्ट्रिय हितमा देश बिदेशमा प्रयोग हुनसक्छ।
यस बाट नेपाल राष्ट्रिय पूजिको बिकास गर्दै,हाम्रो राष्ट्रिय आकांक्षा”संम्बृद्द नेपाल,सुखी नेपाली” पूरा हुनेछ।तर नेपालको प्राकृतिक सम्पदा , खनिज र जनशक्तीको राष्ट्रियहितमा प्रयोग नहुने र अप्राकृतिक ढंगले दोहनहुने अनि चोरी निकासी गरि दलाल बिचौलिया धनी बन्ने काम रोक्नु पर्दछ।
अब अन्धराष्ट्रवाद होईन, प्रगतिशील राष्ट्रवाद हाम्रो एजेन्डा हुनुपर्दछ। हामिले हेक्का राख्नै पर्छ, २०५०/०५१ साल तिर हामिले अरुण-३ जलबिधुत आयोजनाको बिरोध गर्यौ, आयोजना अघि बढन सकेन अनि के भयो? नेपाल करिब दुई दशक कठोर लोडसेडिङको सामना गर्यौ।आखिर करिब २० बर्ष पछि सोही रुपमा नै अरुण-३ बिधुत आयोजना शुरु भयो ।
आखिर हामिले के पायौ ?यस्ता हाम्रा अब्यबहारिक सोच, अन्धराष्ट्रवाद बाट गरिबी ,अभाव लोडसेडिङ र हाम्रा नेपाली युबाहरु मरुभूमिमा कामदार बनेर हजारौंले परिवार बिच्छेद र अकालमा मृत्यु, ब्यहोरीरहेका छौ। निश्चयपनि हामिले अब धेरै ढिला नगरी प्रकृतिक सम्पदाको समुचित प्रयोग,बेचबिखन गरेर राष्ट्रिय आयका औपचारिक श्रोत बनाएर देशको ब्यापार घाटा घटाउदै राष्ट्रिय पूजिको बिकाश गर्ने काममा कतिपनी ढिला गर्नु हुन्न। सबै नेपाली लाई देश भित्रै बसेर रोजगारी अबसर जुटाउदै देश बिकासमा सहभागी बन्ने अबसर दिनु पर्छ ।
यस्तो कार्यमा सतारुढ ,बिपक्षी दल नेता वा कुनै पनि बुद्दिजिबी हामी जोसुकै पनि नेपालीले नकारात्मक काम , कुरा गरेर देशबिकाशको चक्र लाई उल्टो फर्काउने काम गर्नु हुन्न। अहिले नेपाल सरकारको बजेट मार्फत आएको प्रकृतिक सम्पदाको उत्खनन राष्ट्र बिकाशमा प्रयोग र निकाशी लाई पर्यावरण संतुलनलाई कायम गर्दै,ब्यबहारिक र बैज्ञानिक बनाउन सकारात्मक सुझाब, सल्लाह दिनु नै बुद्दिमानी हुन्छ र गर्नै पर्छ।
सामाजिक सञ्जालमा आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले दिएको अभिब्यक्ति ।
https://www.facebook.com/hikmat.karki.7169


























