मेचीनगरमा रक्तदान, महिला र पुरुषगरी ४६ जनाले गरे रक्तदान

0
730

मेचीनगर ।

झापामा रगतको अभाव हुन नदिनका लागि शुक्रबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो अभियान झापाको आयोजनामा भएको रक्तदान कार्यक्रमको नवीन युवा क्लब मेचीनगर १३ र प्यारीभिट्टा युवा क्लब मेचीनगर १३ को सह आयोजक रहेका थिए ।

नेपाल रेडक्रस सोसाईटि झापा शाखाको प्राविधिक सहयोगमा मेचीनगर १४ धाइजनमोडमा भएको रक्तदानमा महिला र पुरुषगरी ४६ जनाले रक्तदान गरेको नरेश महराले जानकारी दिनुभयो । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि झापालाई हस्तान्तरण गरिएको छ ।

मेचीनगर नगरपालिका, राष्ट्रिय युवा परिषद झापा, मेची उद्योग बाणिज्य संघ मेचीनगर, कोभिड रेसपोन्स टिम झापा, कालिका युथ ग्रुप मेचीनगर १२ र सत्य साई सेवा केन्द्र प्रदेश नम्बर १ ले कार्यक्रममा सहयोगीको भूमिका निर्वाह गरेका थिए । अहिले कोभिड १९ को महामारीका बखत रगतको माग अत्यधिक हुने र यस्तो वेला रगतको अभाव हुने भएकाले यसलाई टार्न रक्तदान कार्यक्रम आयोजना गरिएको महराको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here