आगलागीमा तीन लाख क्षति

0
644

इनरुवा,

सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here