अर्जुनधारा जेसीजद्वारा परियार परिवारलाई सहयोग रकम प्रदान

0
563

अर्जुनधारा ।

झापाको अर्जुनधारा–५ निवासी राजकुमार परियारको परिवारलाई अर्जुनधारा जेसीज शनिश्चरेले सहयोग स्वरुप ११ हजार एक सय रुपैयाँ प्रदान गरेको छ ।

जेसीजका पूर्व अध्यक्ष अजय देव, कार्यकारी उपाध्यक्ष वसन्त बुढाथोकी, उपाध्यक्ष सोना गेलाललगायतको टोली शनिबार परियारको घरमा पुगेर उक्त सहयोग रकम प्रदान गरेको हो ।

बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई बुझाउन बाँकी रकम जुटाउन संघर्षरत् परियार परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्धेश्यले प्रदान गरिएको उक्त रकम जेसीजका पदाधिकारीहरुबाट संकलन गरिएको पूर्व अध्यक्ष देवले बताए ।

अर्जुनधारा नगरपालिका अन्र्तगतको यान्त्रिक शाखाका कर्मचारी समेत रहेका राजकुमारकी पत्नी कौशिलाको उपचारकोे क्रममा गत जेठ १७ गते निधन भएको थियो । अस्पतालमा दुई लाख रुपैयाँ भन्दा बढी रकम बुझाउन बाँकी रहेको परियार परिवारको लागि आवश्यक सहयोग रकम जुटाउन जेसीजले सबैसँग आव्हान गरेको छ ।

यस अघि जेसीजले कोभिड–१९ रोग नियन्त्रण गर्न परिचालन भएको शनिश्चरे प्रहरी चौकीलाई १० बण्डल मास्क र पाँच लिटर सेनिटाइजर प्रदान गरेको जेसीजका कार्यकारी उपाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

त्यसैगरी नगरभित्रका सबै वडाबाट अति विपन्न परिवार छनौट गरी खाद्यान्न सामग्री वितरण गर्ने तयारी भइरहेको जेसीजका कोषाध्यक्ष भवानी बरालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here