हावाहुरी पीडितलाई जस्तापाता वितरण

0
530

उदयपुर, 

चौदण्डीगढी नगरपालिकाका झण्डै ४५ घर हावाहुरी पीडित परिवारलाई जस्ता पाताहरु वितरण गरिएको छ । नगरको वडा नम्बर २, ३ र ४ का हावाहुरी पीडितलाई झण्डै २५० बण्डल जस्तापाता वितरण गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।

गत वैशाखको तेस्रो हप्ता आएको हावाहुरीले नगरको वडा नम्बर २, ३ र ४ का जनताको घरको छानो उडाएपछि विचल्लीमा परेका जनताको लागि नगरपालकाले झण्डै १८ लाखभन्दा बढीको जस्तापाता खरीद गरेर हालै सम्बन्धित पीडित जनतालाई वितरण गरेको नगर प्रमुख खगेन्द्र राईले बताउनुभयो ।

अब सबै जनताले प्रत्येक घरमा एक दर्जनदेखि डेढ दर्जनसम्मका दरले जस्तापाता प्राप्त गरेको कारण छानो मर्मत गरेर घरमा बस्न सक्ने नगरपालिकाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here