नेपाल चलचित्रकर्मी संघद्वारा राहत वितरण सुरु

0
1163

झापा ।

नेपाल चलचित्रकर्मी संघले चलचित्रकर्मीहरुलाई राहत वितरण सुरु गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागी सरकारले जारी गरेको निषेधाज्ञाकाकारण समस्यामा परेका प्रदेश १ का चलचित्रकर्मीहरुको लागि राहत वितरण कार्य अघि बढाइएको हो ।संघले यस अघि राहत सहयोग संकलनका लागि ‘चलचित्रकर्मी राहत कोष’ खडा गरेको थियो ।

कोषमा संघका कार्यसमिति सदस्य,पदाधिकारी,सल्लाहकारका साथै देश विदेशबाट शुभेच्छुक नेपालीहरुले संकलन गरेर पठाएको पैसाले राहत वितरण थालिएको हो ।

बिर्तामोड दमक, उर्लाबारी, इटहरी, बिराटनगर, धरान लगायतका क्षेत्रमा पुगेर प्रति परिवार एक बोरा चामल,दुई किलो दाल, एक लिटर तेल, एक प्याकेट नुन, दुई डल्ला साबुन र सनीटाइजर,मास्क लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गरेको संघले जनाएको छ ।संघका अध्यक्ष केवल तामाङ्गको संयोजकत्वमा राहत वितरण कार्य भईरहेको हो ।

अध्यक्ष तामाङ्गले प्रदेश १ का अन्य विभिन्न क्षेत्रहरुबाट पनि राहतको माग भइरहेकोले त्यस क्षेत्रमा पहिलो चरणको राहत पुर्याउने काम भईरहेको बताउनु भयो । राहत वितरणसंगै आम नागरिकको लागि समेत अक्सिजन सिलिन्डर, औषधी, तथा स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा समेत आफुहरु जुटेको जानकारी दिनुभयो ।

संघले चलचित्रकर्मीहरुको लागि स्वास्थ्य विमा लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । कोरोना महामारीकाकारण नेपालको चलचित्र क्षेत्र पनि लामोसमय देखि थलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here