मलमपट्टी अभियान अन्तर्गत माई नगर अस्पताललाई ईसीजी मेसिन प्रदान

२३ जेष्ठ २०७८, आईतवार मा प्रकाशित

माई इलाम।

इलामेहरुको पीडामा मल्हम पट्टी अभियान अन्तर्गत आईतवार माई नगरपालिकालाई एक थान ईसीजी मेसिन हस्तान्तरण गरिएको छ ।

बिश्ब भर रहेका प्रवासी नेपालीले पठाएको करिव १८ लाख रुपैयाँ बाट इलाम उद्योग वाणिज्य, नेपाल रेडक्रस सोसाईटी ईलाम , नेपाल पत्रकार महासंघ इलाम , सामाजिक व्याक्तित्व निरोज खड्गी, रतन अग्रवाल लगायतको टिमले सहयोग प्रदान गरेको हो ।

स्थानीय सहयोग कार्यक्रम अन्तरगत शुक्रबार एक कार्यक्रमका बिच माई नगर अस्पताललाई एक थान ईसीजी मेसिन प्रदान गरिएको छ। करिव एकलाख मुल्य बराबरको ईसिजी मेसिन रेडक्रस दानाबारीका पूर्वसभापति कृष्ण खाकीले माईका मेयर दिपक कुमार थेवेलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा उपमेयर बिष्णुमाया आचार्य, प्रमुख प्रशासकिय अधिकृत बिष्णु कुमार थेगुवा, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, दानाबारी रेडक्रस सभापति मित्र प्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।

मलम पट्टी कार्यक्रम अन्तरगत शुक्रबार माक्स, सेनिटाईजर, थर्मल गन, अक्सिमिटर लगायतका सामाग्री प्रदान गरेको जनाईएको छ ।

अभियान अन्तर्गत जिल्लाका ९ स्थानीय तहका स्वास्थ्य कार्यालयलाई १ लाख ४० हजारका दरले तथा जिल्ला अस्पताल ईलामलाई ६ लाख मुल्य बराबरको सामाग्री सहयोग गरिएको मलमपट्टी अभियानका अभियन्ता निरोज खड्गीले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here