मोरङ।

प्रहरीले मोरङको जहदा गाउँपालिका–१ बुधनगर स्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको चार लाख ९० हजारभन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ ।
आज राती साढे १ बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प ९५२१ र को २० प ८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको प्रहरीले जनाएको छ ।
बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।































