सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

0
862

झापा ।

सुसूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएकाे छ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका १८ जना प्रदेशसभा सदस्यको साथले उहाँले विश्वयसकाे मत पाउनु भएकाे हाे ।

५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिएको थियो । उहाँले ३० मत पाउनुभयाे । विश्वासको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै खसेको थियो । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका दुईजना प्रदेश सभा सदस्ले विपक्षमा मतदान गरेका थिए ।

जम्मा ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here