पिकअप दुर्घटनामा दुईको मृत्यु

0
1177

मिक्लाजुङ,

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् ।

थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here