झापाली समाज दक्षिण कोरियाले दियो शिवसताक्षीलाई स्वास्थ्य सामग्री

0
627

दुधे ।

झापाली समाज दक्षिण कोरियाले शिवसताक्षी नगरपालिकाको अस्थायी कोभीड अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

अस्पतालमा उपचार गराइरहेका संक्रमित र स्वास्थ्यकर्मीको लागि झापाली समाज दक्षिण कोरिया ले स्वास्थ्य सामग्री‌ प्रदान गरेको सो संस्थाका नविन बाँस्कोटाले बताए ।

स्वास्थ्य सामग्री वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका कोभीडअस्पताल व्यवस्थापन समितिका संयोजक भैरव कुमार श्रेष्ठलाई बिहीबार प्रदान गरिएको दातृ संस्थाले बताएको छ ।

सो कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका विद्यार्थी नेता निरोज दुलाल पनि सहभागी थिए । सो संस्थाले सर्जिकल माक्स १३५० , पीपीइ सेट ८ थान सेनिटाइजर ५ बोतल र फेससिल्ड ५० थान प्रदान गरेको थियो ।

शिवसताक्षी नगरको अस्थायी कोभीड अस्पतालमा चारजना संक्रमितको उपचार भइरहेको छ । कोभीड फोकल पर्सन रोशन अधिकारीका अनुसार आजै चारै जना संक्रमित डिस्चार्ज हुँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here