प्रारम्भ र आनी छोइङ्ग फाउण्डेशनद्वारा भेन्टिलेटरसहितको सहयोग

0
608

बिर्तामोड ।

प्रारम्भ (सामाजिक संस्था) ललितपुर र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर मेसिन र पीपीई सेट सहयोग प्रदान गरेको छ ।

प्रशिद्ध गायिका आनी छोइङ्ग डोल्माको नेतृत्वमा झापा आएको टोलीले उक्त सामग्री प्रदान गरेको हो । जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा बिर्तामोड नागरपालिकाको कोभिड आइसोलेसन/अस्पताल तथा अर्जुनधारा नगरपालिकाको शनिश्चरे अस्पतालका लागि एक÷एक थान भेन्टिलेटर, दुई/दुई थान कन्सनट्रेटर मेसिन र १५÷१५ थान पीपीई सेट प्रदान गरिएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर तथा नेपाल पत्रकार महासंघ काभं्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले जानकारी दिए ।

स्वास्थ्य सामग्रीहरु बिहीबार बिहान बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईं तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना र उपप्रमुख कमला खतिवडालाई फाउण्डेशनका अध्यक्ष आनी छोइङ डोल्मा र प्रारम्भकी अध्यक्ष कल्पना क्षेत्री, सदस्य सुनैना क्षेत्रीको टोलीले हस्तान्तरण गरेका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले संकटको घडीमा सहयोग प्रदान गरेकोमा दुबै संस्थालाई धन्यवाद ज्ञापन गरे । उक्त संस्थाले सिंगापुर रेडक्रसको सहयोगमा सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बिर्तामोड नगरका शिवाकोटी र अर्जुनधाराका प्रमुख रानाले सहयोगका निमित्त धन्यवादसहित उक्त सहयोगलाई सदुपयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन बिर्तामोड नगरपालिकाका जय तिम्सिनाले गरेका थिए । मेयर ध्रुवकुमार सिवाकोटीले कोरोनाकालमा अक्सिजन र भेन्टिलेटर अभाव भइरहेको अवस्थामा महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको समन्वयमा सहयोग गरे पनि प्रारम्भका प्रोजेक्ट डाइरेक्टर तिमल्सिनाले कोरोना संकट व्यवस्थापन केन्द्र झापा र पत्रकार महासंघ झापालाई धन्यवाद ज्ञापन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here