विपन्न नागरिकको जनजीवन कष्टकर छ भन्ने खवर पाएपछि निःशुल्क खाना बितरण गर्दैछौं

२८ जेष्ठ २०७८, शुक्रबार मा प्रकाशित

आगलागी होस् या त बाढी पहिरो नै किन नहोस् जहाँ विपद् आई लाग्छ त्यहाँ निस्वार्थ सेवा गर्ने पुग्ने एउटा समुदाय हो मारवाडी । यही समुदायले आज पनि कोभिडको यो विषय परिस्थितिमा अस्पताल – अस्पताल र गाउँ गाउँमा पुगेर निःशुल्क खाना वितरण गरिरहेको छ । अझ यो काममा मारवाडी सामुदायका महिला अगाडि छन् । जस्को नेतृत्व गरिरहेको छ मारवाडी मारवाडी युवती मञ्चले । यसै विषयमा मारवाडी युवती मञ्चकी संयोजिका मुनमुन अग्रवालसंगको कुराकानीको केही संपादित अंश ।mun mun

कोभिडको यो विषय परिस्थितिमा के गर्दै हुनुहुन्छ ? 

विश्वव्यापी रुपमा देखिएको नयाँ भेरियन्टको कोभिडका कारण नेपाल पनि अछुतो रहन सकेन । यस्तो विषम परिस्थितिमा धेरै नेपालीले ज्यान गुमाएका छन् । अहिले पनि धेरै नेपाली कोभिडका कारण विरामी बनेर मृत्यु शैयामा छटपटाई रहेका छन् । उनका आफन्त कोही खान नपाएर छटपटाई रहेका छन् । यस्तो देखिसकेपछि हामीले पनि समाजका लागि अर्थात त्यो समुदायका लागि केही गर्नु पर्छ भन्ने सोच बनाएर अघि बढ्ने प्रण गर्यौं । शुरुमा हामीले अस्पतालमा खान खान नपाएर भोक भोकै विरामी रुग्ने कुरुवालाई लक्षित गरेर निःशुल्क खानाको व्यवस्था गरेका थियौ । पछि समुदायमा पनि विपन्न नागरिकको जनजीवन कष्टकर छ भन्ने खवर पाएपछि हामीले समुदायमा पुगेर निःशुल्क खाना वितरण गरिरहेका छौं ।

– सामाजिक काममा यहाँहरुको भूमिका अरु समयमा पनि थियो नै अझ यो विषय परिस्थितिमा अफ्ट्योमा परेकाहरुलाई सेवा गरेको सुन्दा खुशी लाग्ने नै भयो । अहिलेसम्म कहाँ–कहाँ र कस्ता कस्ता नागरिकलाई यहाँरुहले सहयोग गरिरहनु भएको छ ?

हामीले शुरुमा बिर्तासिटी अस्पताल, मनमोहन अस्पताल र मेची प्रदेशिक अस्पतालमा विरामी र विरामीका आफन्तलाई निःशुल्क खानाको व्यवस्था गरेका थियौं । पछि बिर्तामोड नगरपालिका कर्मचारी आदरणीय दाई मेघराज वास्तोलाको समन्वयमा बिर्तामोडको विपन्न एक समुदायमा पुगेर यो काम गरिरहेका छौं । इलाका प्रहरी कार्यालय दक्षिण मेघावारी नजिकैको गाउँमा अहिले पनि हामी निरन्तर निःशुल्क खाना खुवाउँदैछौं । अस्पतालमा पनि जहाँ जहाँ माग हुन्छ त्यहाँ पनि खाना पु¥याउने काम चलि नै रहेको छ ।

– टिममा को – को सहभागी बन्नु भएको छ ? 

हाम्रो टिममा यसरी भन्ने हो भने त सबै जना हुनुहुन्छ । यो कामका लागि मेरो परिवारको ठूलो हात छ । म संगै मेरा श्रीमान् राहुल अग्रवाल, मेरी सासु आमा दर्शना अग्रवाल, सिङ्गो मारवाडी समुदायका साथीहरु, रितेष अग्रवाल, बन्टी अग्रवाल, सुमित मंगल, महेश चित्लाङ्गिया, संजय अग्रवाल, रीता चित्लाङ्गीया, श्याम वंशल लगायत धेरै जना सहयोगी हुनुहन्छ ।

– यो बेला आफैंमा जोखिम छदैछ । तथापि कसरी स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहनु भएको छ ?

हो यो समय जोखिम पूर्ण समय हो । भनाई नै छ नि जहाँ अफ्यारो, त्यहाँ आपत विपद् त्यहाँ मारवाडी समुदाय । अहिलेको यो विषय परिस्थितिमा पनि हामी मारवाडी समुदाय फ्रन्ट लाईनमा खरिटएर काम गर्न पछि परेका छैंनौं । अझ यस्तो विषय परिस्थितिमा पनि मारवाडी समुदायका महिलाहरले केही गर्न सक्छन् भन्ने उदाहरण पनि दिएका छौं । साच्चै यो समय कस्लाई कतिवेला रोग लाग्छ भन्न सक्ने अवस्था छैन । तर पनि स्वास्थ्य सावधानी अपनाएर सुरक्षित भएर काम गरिरहेका छौं ।
हिजो पनि सामाजिक कार्यमा मारवाडी समुदाय अगाडि नै थियो ,यो विषम अवस्थामा हामीले हस्पिटल क्षेत्रका बिरामी ,सडक पेटीमा बसेका मान्छे ,गाउँ र बस्तीमा गएर राहत दिई राख्य छौ ,साथै मजदुर ज्याला गर्ने मानिस लाई पनि सेवा दिई राख्या छौ । हामी पूर्ण रुपले विश्व स्वास्थ्य स.गठनले भनेको मापदण्ड अपनाएर फिल्डमा निस्कन्छौं ।

 

– अनि कहिलेसम्म यसरी दिन दुःखीको सेवा गर्ने सोच बनाउनु भएको छ ?

दैबले कहिले लाने हो थाहा हुँदैन ,जोखिम धेरै छ तर पनि यो बेला सेवा गर्न नै हामीले प्राथमिकता दिएका छां । हामीले र पनि मास्क ग्लोव्सको प्रयोग नियमित गरिराख्या छौ । स्वास्थ्य सावधानी अपनाएर कहिलेसम्म सकिन्छ त्यो वेला सम्म हामी निरन्तर दिन दुखीको सेवा गरिरहन्छौं ।

– अघिल्लो पटक पनि कोभिडको संक्रमण देखिदा यहाँहरुले यसैगरी गाउँगाउँमा पुगेर विपन्न र समस्यामा परेका नागरिकलाई सहयोग गर्नु भएको थियो । अहिलेपनि निरन्तर गरिरहनु भएको छ । के भन्छन् उनीहरु ?

मानिसको चित्त बुझाउन कहिले पनि सकिदैन ,तर आफ्नो चित्त बुझाउन सकिन्छ । अहिलेको यही कार्य गरेर , हामी र हाम्रो टिम सन्तुष्ट छ । काम गरेर र मानिसहरुको राम्रो प्रतिक्रिया सुनेर झन् उर्जा र प्रोत्साहन पाउने काम हुन्छ । हामीलाई सवैले राम्रो काम भनेर प्रशंसा गरिरहनु भएको छ । तथापि एक दुई ठाउँबाट विरोध आउनु सवभाविक नै हो । त्यसलाई हामीले खास महत्व दिएका छैनौं । हामी निस्वार्थ सामाजिक काममा लागेका छौं कस्ले के भन्ना भन्ने कुनै चिन्ता छैन ।

– आगामी दिनका कुनै भावी योजना केही छन् कि ?

योजना बनाएर यस्तो काम गर्न सकिदैन । जसो जसो माग हुन्छ हामी त्येही अनुसार योजना बनाउने छौ र सामाजिक काम सहित देशको हित का लागि हरेक काम गर्ने प्रतिबद्दता गर्छौ । हामीले एक महिना अघि देखि कुनै योजना बनाई रहनु पर्दैन । समाजका लागि यो गर्ने भनेर एक पटक टिममा सल्लाह गर्न पाए पुग्छ । हेरौं अव कोभिडको सिनारियो कस्तो हुन्छ सोही अनुसार हामी अगाडि बढ्छौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here