झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

0
984

झापा ।

झापाको छुट्टा–छुट्टै दुई स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भईसकेको थियो ।

त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाँऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएका उनको उपचारको लागि लैजानै क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here