पाँचथर ।

पाँचथरको हिलिहाङ गाँऊपालिका–१ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी सत्यवती गाँऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा ३ क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली गएर क्रेन अप्रेटर बारा सखुवाघाट गाँऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





























