जस लिन सामाजिक संजालमा ‘दोहोरी’

0
1518

विनोद सापकोटा, झापा ।

झापाको शिवसताक्षी नगरका सामाजिक संजाल प्रयोगकर्ता बीच केहि दिन अघि विकास निर्माणको विषयलाई लिएर निकै ठुलो चर्चा भयो । चर्चाको विषय थियो,‘विकास निर्माणमा सरकारले गरेको लगानीको जस कसले लिने ?’
शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा पर्ने पुरानो शिवगञ्ज बजार पूर्व कनकाई नदीमा पक्की पूल निर्माणका लागि डिपीआर गर्न बजेट विनियोजन भएको छ । नेपाल सरकारले कनकाई नदिमा पूल निर्माणका लागि १३ लाख ८० हजार विनियोजन गरेको छ । यो बजेट आर्थिक बर्ष ०७८/०७९का लागि बजेट उपशिर्षक नम्बर २३७०११२२ (स्थानीय सडक पूल निर्माण) अन्तर्गतको हो ।

यो बजेट बिनियोजन भएपछि सामाजिक संजालमा एकाएक जस लिन स्ट्याटस बाहिरिए । कसको पहलमा यो शिर्षक अन्र्तगतको बजेट विनियोजन भयो ? पूल निर्माणको डिपिआरका लागि मात्र बजेट बिनियोजन भएको छ । त्यो पनि १३ लाख ८० हजार ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ का विघटित प्रतिनिधि सभाका सदस्य एलपी साँवा लिम्बुका स्वकीय सचिव सिकिन पासवानले नेकपा एमालेका लोकप्रिय नेता एलपी साँवा लिम्बु ज्युको विशेष पहल तथा सिफारिसमा यो बजेट विनियोजन भएको बताएका छन् । उनले सामाजिक संजाल मार्फत निवर्तमान सांसद साँवाको पहलमा कनकाई नदिमा पूल निर्माणका लागि डिपिआर गर्न बजेट विनियोजन भएको दावि गरे ।

हेर्नुहोस साँवाका स्वकीय सचिव पासवानको स्ट्याटस

पासवानको स्टाटस सामाजिक संजालमा आएपछि शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीको स्ट्याटस आयो । उनले आफ्नो स्ट्याटसमा शिवगञ्ज पुरानो बजारको पूर्वदेखि झापा गाँउपालिका जोड्नका लागि कनकाई नदिमा पूल निर्माण हुने सूचना सर्वसाधरणलाई दिए ।

पूल निर्माणका लागि डिपीआर गर्न बजेट बिनियोजन भएको पनि उनले आफ्नो स्ट्याटसमा लेखेका छन् । ‘रकम विनियोजन गर्न सहयोग गर्ने, दिर्घ मैनाली, शिवसताक्षी नगरपालिका, झापा गाँउपालिका , शिवसताक्षीको वडा नम्बर ६ को वडा कार्यपालिकालाई धन्यबाद छ ।’

वडा अध्यक्ष खुलालले धन्यवाद दिएका मैनाली अर्थ मन्त्रालयका सह सचिव हुन् । उनि वडा नम्बर ६ का स्थायी बाासिन्दा हुन् । त्यस्तै जनआदर्श मावि शिवगञ्जका पुर्व विद्यार्थी समेत हुन् ।

हेर्नुहोस् वडा अध्यक्ष खुलालको स्ट्याटस

वडा अध्यक्ष खुलालको स्ट्याटसपछि स्थानीय खड्ग कार्कीको पनि सामाजिक संजाल फेसबुकमा कनकाई नदिमा निर्माण हुन लागेको पूलको डिपिआरका लागि बजेट विनियोजन भएको जानकारी सहितको स्ट्याटस आयो ।

कार्कीले यो बजेट विनियोजन गर्नका लागि र कनकाई नदिमा पूल निर्माणको लागि वडा अध्यक्ष कार्कीले पहल गरेको उल्लेख गरे । यस्तै स्थानीय विनोद भण्डारीले पनि आफ्नो फेसबुक वालमा वडा अध्यक्ष खुलालको पहलमा कनकाई नदिमा पूल निर्माण हुन लागेको सार्वजनिक गरे ।

हेर्नुहोस भण्डारीको स्ट्याटस

सामाजिक संजालमा यै एउटा विषयलाई लिएर कनकाई नदिमा निर्माण हुन लागेको जस पाउन विभिन्न टिका टिप्पणी भए । कतिपयले यसलाई संगीत र लय विनाको दोहोरी पनि भनेर टिप्पणी गरे । खास गरेर शिवसताक्षी नगरपालिकाको वडा नम्बर ६ र शिवगञ्ज बजार मा यसको टिकाटिप्णी धेरै भयो । स्ट्याटसको प्रतिक्रिया र त्यसको रि प्रतिक्रिया नपढ्ने सायदै होलान् ।

सामाजिक संजालमा सबै तिरबाट सबै खाले प्रतिकृया आउन थालेपछि निवर्तमान सांसदका स्वकीय सचिव पासवानले फेरी अर्को स्ट्याटस आफ्नो सामाजिक संजालमा राखे । पछिल्लो पटक लेखेको स्ट्याटस उनले वडा अध्यक्ष खुलाल सहित अन्य दुई जनालाई ट्याग गरेर यस्तो लेखे ‘केहि साथी हरुले आफ्नो पद र मर्यादाको ख्याल नगरी सस्तो लोकप्रियताका लागि जुन कामको पहलको उच्चारण समेत नगरिएको काम र योजनाको बारेमा भ्रम फैलाउन राम्रो कुरा होइन ।’

‘पोष्ट हाल्न सफल तथा पहलको लागि उच्चारण गरेको व्यक्तिको नामको पहिलो, विचको र अन्तिमको नामको एउटामात्र अक्षर संबन्धित निकायबाट पहल गरेको कुरा आयो भने, उक्त साथीहरुलाई सधन्यवाद सहित ५ हजार जनताको उपस्थितीमा पञ्चेबाजा र २ सय केजिको फुलको माला सहित नगर परिक्रमा नेकपा एमाले नगर कमिटी शिवसताक्षीले गर्ने प्रतिबद्धता गर्दछु ।’

हेर्नुहोस साँवाका स्वकीय सचिव पासवानको पछिल्लो स्ट्याटस

यो स्टयाटस बाहिरिए पछि सामाजिक संजालका अधिकाँस स्थानीय प्रयोग कर्ताले स्क्रिनसर्ट गरेर राखे । कतिपयले निर्वाचन ताका देखाउने भनेर सुरक्षीत गरेको बताए । कतिपयले स्थानीय तह केहि होइन । प्रदेश र केन्द्र सरकारमा स्थानीय तहको दाल गल्दैन भन्ने उद्देश्ले लेखिएको स्ट्याटसको रहस्य बुझ्न सुरक्षीत गरिएको बताए ।

खास कुरा के हो त ?

०७६ साल माघ १९ गते शिवसताक्षी नगरपालिका वडा नम्बर ६ कार्यपालिकाको बैठक बस्यो । उक्त बैठकमा कार्यपालिकाका ५ सहित वडा सचिव नवराज घिमिरे सहभागी थिए । उक्त बैठकको प्रस्ताव नम्बर १ मा माईखोलामा पक्की पूल निर्माणका लागि रकम माग गर्ने सम्बन्धमा निर्णय भएको देखिन्छ ।

हेर्नुहोस निर्णय


वडा कार्यपालिकाले निर्णय गरे संगै नगर कार्यपालिकामा उक्त योजनाको लागि बजेट मागसिफारिस का लागि निवेदन पेस भएको छ । वडाले निर्णय गरेकै दिन सिफारिसका लागि नगरमा निवेदन गरिएको छ ।

हेर्नुहोस् निवेदन


वडाले निर्णय सहित निवेदन नगरमा पेस गरेपछि नगरकार्यपालिकाको ०७७ माघ ११ गतेको निर्णय सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस भएको छ । नगर कार्यपालिकाको निर्णय र सिफारिस शिवसताक्षी नगरपालिकाको सरकारी इमेल मार्फत पठाईएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् नगरको सिफारिस

शिवसताक्षी नगरपालिकाका एक जनप्रतिनिधिका अनुसार कनकाई नदिमा पुल निर्माणका लागि वडा र नगरपालिकाबाट पटक पटक पत्राचार भएको छ । ‘यो विषयमा निवर्तमान माननियलाई खासै थाहा पनि छैन होला । जसलिने होडबाजि भन्दा पनि विकास निर्माणमा सबै लाग्नु नगरको हित हुने छ ।’ मन्त्रालयमा पटक पटक तागेता गर्ने शिवगञ्जका अर्का खड्ग कार्की पनि हुन् ।

कार्कीकै हातबाट नगरले ईमेल गरेपछि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सक्कल प्रति दर्ता भएको छ । उनले भने, ‘जस जसले लिएपनि हुन्छ । कनकाईमा पूल बन्नुपर्छ । यसलाई राजनीतिक गुन नदियौं ।’

‘वडा र नगरको सिफारिसमा मैले उक्त योजनाको फायल दर्ता गरेको हुँ । त्यसपछि अर्थ मन्त्रालयका सह सचिव मैनालीले योजनाका लागि पहल गरेका हुन्,’ कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here