इलाम ।

इलाम ननगरपालिका–७ ताराकुटीडाँडा फूलगाछीका ५० बर्षीय बीरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ ।
लाईन बनाउन भर्याङ लगाई बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाईते भएका लिम्बूको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलाम अनुसन्धानगरिरहेको छ ।






























