बुद्धशान्तिकाे आइसाेलेसन सेन्टरलाई शिवाकोटी परिवारकाे ५१ हजार सहयाेग

0
488

बुधबारे ।

झापा बुद्धशान्ति-२ को शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएकाे आइसाेलेसन सेन्टरलाई नगद ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेको छ ।

काेभिड नियन्त्रणमा बुद्धशान्ति गाउँपालिकाकाे भूमिका महत्त्वपूर्ण र प्रभाबकारी भएको भन्दै शिवाकोटी परिवारले सहयाेग गरेकाे हाे ।

आफ्ना स्वर्गीय श्रीमान् तथा बुबा राधाप्रसाद शिवाकोटीको स्मृतिमा बुद्धशान्ति-२ को शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएकाे आइसाेलेसन सेन्टरलाई ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेकाे बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिनुभयो ।

स्वर्गीय राधाप्रसादका श्रीमती रमादेवी र छाेरा उद्दब शिवाकोटीले साे सहयाेग रकम र सामग्री गाउँपालिका अध्यक्ष भुजेललाई शनिबार हस्तान्तरण गर्नुभयो । बुद्धशान्ति-२ का राधाप्रसाद शिवाकोटीकाे २०५२ सालमा निधन भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here