रुखको हाँगाले लागेर मृत्यु

0
926

उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–७ पानीतारे स्थितमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङका –२२ बर्षीय सरोज राई रहेका छन् ।

आइतबार दिउँसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here