कुवेत,

रोजगारीका क्रममा कुवेतमा रहेका र विभिन्न कारण ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल पठाईने भएको छ।कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु आज जुन १३,२०२१ आईतवार बेलुका नेपाल पठाइन लागेको हो।
नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम संग भने” केही समय देखी सबै कानुनी प्रकृयाहरु पुरा भएर पनि सिधा तथा नियमित उडान नहुँदा कुवेतमै रोकिएका १ महिला सहित ४ जना नेपालीको शब आज नेपाल पठाउदै छौं।अझै १ जनाको शब कुवेतमै रहेको सिलवालले बताए।
यसैबीच कुवेतमा मृत्यु भएको झापा की मुना राईको शव नेपाल पठाउनको लागि उठेको रकम को बिवरण यस प्रकार छ
NRNA कुवेतबाट सुजन केसी बाट :49 KD
प्रेमा कुलुङ राई बाट :12.500 KD
लाक्पा लामा दीदी बाट =8.750 KD
बिमल कार्की बाट =5 KD
बिकास बाट =5 KD
आशिश लिम्बु बाट =5 KD
धन बहादुर बाट =5 KD
तुलसी लिम्बु बाट=25 KD
र अन्य कतिपय उहाँहरूले नै नाम न दिनु भएको राजु धिमाल र तुलसी लिम्बुबाट टोटल कलेक्सन गरेको जम्मा रकम =270 KD सबैबाट मिलाएर टोटल कलेक्सन रकम 385.250 पठाएको झापाली समाज कुवेत नेपाल उपाध्यक्ष राजु धिमालले जानकारी दिए । उनले नेपालबाट अवैधानिक रुपमा आउँदा विदेश नआउन समेत सुझाव दिएका छन् । नेपालबाट अवैध रुपमा विदेश जाने तथा विदेश गएपछि भागेर अर्को ठाँउमा लुकिछिपि काम गर्नेहरुको मृत्यु भएमा शव पठाउन समस्या हुने गरेको धिमालले बताए ।
नेपाल पठाइदै गरेको ४ जना मृतकहरुको बिबरण यस प्रकार छ।
१) मृतकको नाम:- मुना राई
ठेगाना:-बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा
राहदानी नं-१०६७३६८३
कुवेतमा मृत्यु भएको मिती:-२० मेई,२०२१
मृत्युको कारण:-हृदयघात
२)मृतकको नाम:- सोमप्रसाद दाहाल
ठेगाना:-बाहुने-९ दौलतपुर,मोरङ
राहदानी नं-०६७८९२८४
कुवेतमा मृत्यु भएको मिती:-१६ मेई,२०२१ आइतबार
मृत्युको कारण:-उपचारको क्रममा
३)मृतकको नाम:- मोहमद सबिर आलाम
ठेगाना:-सुनसरी
राहदानी नं-०७६९०६७०
कुवेतमा मृत्यु भएको मिती:-१ जुन,२०२१ मंगलबार
मृत्युको कारण:-हृदयघात
४)मृतकको नाम:- राम शरण मण्डल
ठेगाना:-सिराहा
राहदानी नं-०६८३६७२०
कुवेतमा मृत्यु भएको मिती:-२९ मेई,२०२१ शनिबार
मृत्युको कारण:-हृदयघात
कुवेतमा मृत्यु भएका यि ४ नेपालीहरुको शव एकै चोटि जुन-१४,२०२१ सोमबार बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौ अवतरण गर्नेछन।
पछिल्लो समय नेपाल सरकारले कोरोना नियन्त्रणका लागी जारी गरेको निषेध्याज्ञाका कारण केही उडानहरु बाहेक नेपालका अन्तरराष्ट्रिय उडानहरु बन्द छन।कुवेतबाट कम्पनिबाट करार अवधि सकिएर नेपाल फर्किनुपर्ने, बिरामी भएर नेपाल फर्किनुपर्ने तथा आफन्तको मृत्युको कारण नेपाल फर्किनुपर्नेहरु कुवेतबाट नेपालको सिधा उडानको प्रतिक्षामा छन भने सरकारले कतार, टर्की, भारत र चीनमा मात्र त्यो पनि सिमित उडानहरु गरिरहेको छ।
































