पत्रकार पर्वत पोर्तेललाई पितृशोक

0
598

झापा ।

कान्तिपुर दैनिकका पत्रकार पर्वत पोर्तेललाई पितृशोक परेको छ । उनका वुवा धनबहादुर विश्वकर्माको सोमबार विहान ९ बजेर ५० मिनेट जाँदा मेची आम्दा हस्पिटल धुलावारीमा ७६ वर्षको उमेरमा निधन भएको बताइएको छ ।

मेची बस व्यवसायी संघ र त्यसभन्दा अघि कनकाई यातायात व्यवसायी संघको समेत यातायात मजदुर रहेका धनबहादुर जीवनको पछिल्लो समयसम्म सोही क्षेत्रमा आवद्ध रहेका थिए ।

धनबहादुरका पत्नी चन्द्रकला विश्वकर्मा, चार छोराहरु बलबहादुर, हिमाल, पर्वत र दुर्लभ पोर्तेल छन् भने तीन छोरीहरु पवित्रा, युगमाया र रोशनी छन् ।

उनका जेठा छोरा बलबहादुर राष्ट्रिय समाचार समिति झापाका सिनियर कर्मचारी हुन् भने माइलो हिमाल सामाजिक क्षेत्रका युवा अगुवा र साइला छोरा पर्वत कान्तिपुर दैनिकका झापा समाचारदाता हुन् । साइली बुहारी कविता नेपाल परिवर्तन थिएटरकी संस्थापक तथा प्रसिद्ध नाट्यकर्मी हुन् ।

पारिवारिक स्रोतका अनुसार दमका विरामी धनबहादुरलाई स्वास्थ्यमा समस्या आएपछि धुलावारीको मेची आम्दा हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि मेची अस्पताल भद्रपुर लैजाने तयारी हुँदाहुँदै उनको निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here