एघार महिनामा हजार पक्राउ

३१ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

सप्तरी,

विदेश पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने अभियुक्तलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–१ मलेकपुरका ४६ वर्षीय ईनरदेव यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

सप्तरी जिल्ला अदालतले आरोपितविरुद्ध २०७५ असार २५ गते १ वर्ष कैद र १ लाख २५ हजार जरिवानाको फैसला गरेको थियो । फैसलापश्चात फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको प्रहरी टोलीले गाउँघरबाटै यादवलाई पक्राउ गरेको हो ।

अभियुक्त यादवले विदेश पठाइदिने प्रलोभनमा पारी २०६८ असोज २ गते जैफुन खातुनसँग १ लाख २५ हजार रुपैयाँ लिई ठगी गरेको भन्दै ठगी मुद्दाको उजुरी परेको थियो । छोरालाई विदेश पठाउन खातुनले विश्वासमा परी यादवलाई रकम दिए पनि न पठाएको र रकम पनि फिर्ता नदिएको बताउनुभयो ।

पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा आज उपस्थित गराइएकोमा कैद भुक्तानको लागी अदालतले राजविराज कारागार पठाएको प्रनाउ काफ्लेले बताउनुभयो ।
आर्थिक वर्ष ०७७/०७८ मा सप्तरी प्रहरीले फरार रहेका १ हजार ७ जना अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

अदालतको फैसला कार्यान्वयनअन्तर्गत आर्थिक वर्षको हालसम्म फौजदारी मुद्दातर्फ १ सय ६४ जना र देवानी मुद्दातर्फ ८ सय ४३ जना पक्राउ परेका हुन् । पक्राउ परेकाबाट जम्मा २०३ वर्ष ३ महिना ६ दिन कैद र १ करोड ५ लाख १८ हजार ६२३ रुपैयाँ असुल उपर हुने उहाँले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here