कोपा अमेरिका: अर्जेन्टिनालाई चिलीको चुनौती

३१ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

काठमाण्डौं ।

कोपा अमेरिका अन्तर्गत भोलि बिहान हुने खेलमा अर्जेन्टिना र चिली प्रतिस्पर्धामा उत्रँदै छन्। ब्राजिलको रियो डी जेनेरियो स्थित ओलम्पिक स्टेडियममा खेल भोलि बिहान २: ४५ मा सुरु हुनेछ।

समूह ‘बी’ का यी दुई टोली शुक्रवारमात्र विश्वकप छनोट अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा आमनेसामने भएका थिए। उक्त खेल १-१ को बराबरीमा रोकिएको थियो।

त्यस्तै भोलि बिहान नै हुने अर्को खेलमा पाराग्वे र बोलिभिया प्रतिस्पर्धा गर्नेछन्। खेल बिहान पौने ६ बजे सुरु हुनेछ। आजबाट सुरु भएको कोपामा अमेरिकाको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले हराएको थियो भने दोस्रो खेलमा कोलम्बियाले इक्वेडरलाई १-० ले हराएको थियो।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here