एक महिनाभित्र प्रदेश–१ को नामाकरण–मन्त्री कार्की

0
713

गौरादह (झापा) ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश–१ को नामाकरण एक महिना भित्रमा टुङ्ग्गो लाग्ने बताएका छन् । मन्त्रीले गौरादह स्थित आफ्नै निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै जति सक्दो छिटो नामको टुङ्गो लगाउने विषयमा प्रदेश सरकार गम्भिर रहेको बताए ।

भरसक विवादरहित ढङगले सबैलाई मान्य हुने साझा नाम राखिने मन्त्री कार्कीको भनाई छ । अर्को प्रसंगमा मन्त्री कार्कीले कोरोना महामारी नियन्त्रणमा सघिय सरकार र स्थानीय सरकारको बीचमा रहेर भूमिका निर्वाह गरिरहेको बताए । सरकारले छिट्टै सबै नागरिकका लागि कोरोना विरुद्धको खोप ब्यवस्थापनमा लागिरहेको पनि मन्त्रि कार्कीले बताए ।

प्रदेश नामाकरणको सन्र्दभमा सगरमाथा, कोशी, कोशी– सगरमाथा मध्ये एक हुने स्रोतले जनाएको छ । विश्वस्त स्रोतका अनुसार प्रदेश–१ को नाम कोशी रहने सम्भावना बलियो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here